
रोल्पा- रोल्पा अस्पतालको आइसोलेसनमा रहेका एक युवकको मृत्यु भएको छ।
आइतबार राति १० बजे आइसोलेसनमा भर्ना भएका २२ वर्षीय युवकको सोमबार दिउसो ४ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय राेल्पाका तथ्यांक सहायक अरुण भिटुले बताएका छन्।
काठमाण्डौँमा लामो समयदेखि मृगौलाको डायलासिस् गराइरहेका उनी आइतबार बेलुकामात्रै रोल्पाका आएका थिए।
टिचिङ अस्पतालबाट फर्काएका युवकलाई आइतबार राती साढे १० बजे रोल्पा अस्पताल रेउघामा विरामी युवकलाई भर्ना गरिएको थियो।
घरमा भन्दा गृह जिल्लाकै अस्पतालमा हेरचाह र उपचार सहज होस् भनेर परिवारले युवकलाई घर नलगेर अस्पताल पुर्याएका थिए।
युवकलाई आइसोलेसनमा राखिएको थियो।
आईसोलेसनमै रहेको वेला युवकको मृत्यु भएको अस्पतालकी डा. धनमाया घर्तीमगरले जानकारी दिईन्।
दुई वर्षयता युवक मृगौला समस्याले थलिएका थिए।
पटकपटक डाइलासिस गराउँदै आएका उनको राजधानीको अस्पतालबाट फर्किएपछि मृत्यु भएको हो।
मृगौला पीडित भएपनि विभिन्न अस्तालबाट फर्किएकाले आईसोलेसनमा राखेर उपचार थालिएको थियो।
आइसोलेसनमै मृत्यु भएकाले कोरोना संक्रमण भए नभएको जाँच गरिने मेडिकल सुपरिटेण्डेट डा. घर्तीमगले वताईन्।
अस्पतालमा युवको आरडिटी जाँच गर्दा नेगेटिभ आएको जनाईएको छ।
पिसिआर संकलन गरि परिक्षणका लागि पठाउने व्यवस्था मिलाएको अस्पताल प्रशासनले जानकारी दिएको छ।
लामो समयदेखि मृगौला पीडित रहेकाले परिवारले शव बुझेर सुरक्षित रुपमा अन्त्यष्टि गर्ने भएका छन्।
अस्पतालले मृतक युवकको शव सुरक्षित रुपमा ¥याप गरेर परिवारलाई हस्तान्तरण गर्ने भएको छ।