
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्काे बैठक बोलाएका छन्।
उनले प्रधानमन्त्री निवास वालुवाटारमा साँझ ६ बजेका लागि बैठक बोलाइएक हुन् ।
स्राेतका अनुसार विदेशमा रहेका नेपालीहरुकाे उद्दारकाे लागि बैठक बाेलाइएकाे हाे ।
कोरोनाका कारण रोजगारी गुमाएर विदेशमा नेपालीहरू अलपत्र छन्।
उनीहरूलाई कसरी स्वदेश फर्काउनेबारे सरकारले तयारी गरिरहेको बताइएकाे छ ।
आजको बैठकमा कोरोना संक्रमणको अवस्था, विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने लगायतका विषयमा छलफल हुने स्राेतले बतायाे ।
नेपालीहरुले स्वदेश फर्काउन माग गरिरहेका छन्।
आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ २० गतेसम्म लकडाउन लब्याउने निर्णय गरेको थियो।
बैठकमा विदेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउने विषयमा छलफल पनि भएको थियो।