
महोत्तरी, १८ बैसाख । महोत्तरीमा चार जनाको रह स्यमय मृ त्यु भएको चर्चा सेलाउन नपाउँदै थप दुई जनाको ज्यान गएको छ ।
मंगलबार चार जनाको रहस्यमय रुपमा मृ त्यु भएको २४ घण्टाभित्रै थप दुई जनाको रहस्यम रुपमै मृ त्यु भएपछि स्थानीय मात्र चकित भएका छैनन् घटनाको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरु नै अलमलमा परेका छन् ।
मंगलबार रहस्यमय रुपमा मृ त्यु भएका चार जनाको मृ त्युको अनुसन्धान चलिरहेका बेला महोत्तरीको भंगहा नगरपालिका–७ मेघनाथ गोरहन्नामा थप दुई जना मृ त्यु भएपछि झन् रहस्य बढेको स्थानीय बताउँछन् ।
बुधबार राति स्थानीय ३२ वर्षीय सिकिन्दर सिंह र बिहीबार दिउँसो स्थानीय ५५ वर्षका सिताई महराको मृ त्यु भएको भंगहा नगरपालिकाका मेयर सञ्जिव साहले जानकारी दिएका छन् ।
सोही टोलका मंगलबार स्थानीय ४० वर्षका मोहन चौधरी, ५२ वर्षका नथुनी चमार, ५४ वर्षका लालबाबु सिंह र बर्दिवास नगरपालिकाका ५२ वर्षका गंगाराम सदाको मंगलबार साँझ र बुधबार बिहान निधन भएको थियो ।
सोही बस्तीमा झण्डै एकसाता अघि ५५ वर्षका महेन्द्र चौधरीको समेत निधन भएको थियो । योसँगै एक सातामा मेघनाथ गेहन्ना टोलमा सात जनाको निधन भएको मेयर साहले जनाएका छन् ।
उनीहरुको वि षाक्त मदिरा सेवनका कारण निधन भएको हुन सक्ने आशंका गरिए पनि वास्तविक कारण अहिलेसम्म खुल्न सकेको छैन । बुधबारसम्म निधन भएका पाँचै जनाको शव दाहसंकार गरिसकिएको छ ।
बिहीबार राति मृ त्यु भएका ३२ वर्षका सिकिन्दर सिंहको शवलाई पो ष्टमा र्टमको लागि जिल्ला अस्पताल जलेश्वर लगिएको वडाध्यक्ष बासुदेवसिंह थारुले जानकारी दिएका छन् ।
एक–एक गरी टोलमा मृ त्यु हुन थालेपछि स्थानीय त्रसित भएका छन् । बुधबार बिहान मृ त्यु भएका गंगाराम सदाको शव प्रहरीले नियन्त्र णमा लिन जाँदा स्थानीयले उनको दाह संकार गरिसकेका थिए ।
कोरोना परीक्षण गरिने
एक सातामा रहस्यमय रुपमा मृ त्यु भएकाको वास्तविक कारण खुल्न नसकेको महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताएका छन् ।
‘रक्सीले मृ त्यु भएको आशंका गरिए पनि रक्सी नखाएका केही व्यक्तिको पनि मृ त्यु भएको पाइयो । उनीहरुलाई उपचारको लागि लग्दा डाक्टर उपचार गर्न डराउँछन्’, उपरीक्षक अधिकारीले सुनाए ।
उनीहरुको के कति कारणले निधन भएको छ भन्ने विषयमा पत्ता लगाउन बुधबार राति निधन भएका सिकिन्दरको शवलाई पो स्टमा र्टम गर्नुका साथै काेराेना परीक्षण समेत गरिने उपरीक्षक अधिकारीले जानकारी दिएका छन् ।