उदयपुरबाट काठमाडौं आएका ४९ बर्षीय पुरुषमा आरडीटी पोजेटिभ देखिएको छ ।
कम्मरको हड्डी भाँचिएर उपचारका लागि बी एन्ड बी अस्पतालमा आएका उदयपुरका ४९ वर्षका पुरुषमा आरडीटी पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।
आरडीटी पोजेटिभ देखिएपछि ती पुरुषलाई पाटन अस्पताल रिफर गरिएको छ ।
पाटन अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माले आरडीटी पोजेटिभ देखिएका पुरुषको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको जानकारी दिए ।
उनले भने, “ती पुरुषलाई हाल अस्पतालको आइसोलेसन राखिएको छ ।” अस्पतालका अनुसार ती पुरुषलाई विराटनगरको एक अस्पतालले रिफर गरेर बुधबार यहाँ आएका रहेछन् ।
नेपाल अहिलेसम्म ११ हजार ५ सय २४ जनाको पीसीआर विधिबाट परिक्षण गरिसकिएको छ । जसमध्ये ५७ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । संक्रमित भएकामध्ये १६ जना निको भएर घर फर्केका छन् भने बाँकी देशका विभिन्न अस्पतालमा उपचाररत छन् ।