
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना नियन्त्रणका लागि आवश्यक तयारी गर्न सरकारले नसकेको निष्कर्ष निकालेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको बैठकमा लक डाउनको समिक्षा पनि गरेको छ।
लक डाउनमा अफ्ठ्यारोमा परेका नागरिकहरुलाई राहत उपलब्ध गराउने काम प्रभावकारी नभएको र स्वास्थ्यकर्मीहरुलाई पिपिई अगायतका अत्यावश्यक सामग्री अभाव भएको कांग्रेसले जनाएको छ ।
पिपिई व्यवस्थापन लगायतका सामग्रीको व्यवस्थापन, राहत वितरणमा सरकारको अयोग्यता तथा भ्रष्टाचार, अनियमितता र विभिन्न अपराधका घटनामा सरकारको संलग्नताका विषयमा बैठकमा छलफल भएको प्रवक्ता शर्माले बताए।
वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा अफ्ठ्यारोमा परेको नागरिकहरुको उद्दार गर्नुपर्ने, पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने र राहतको वृहत प्याकेज ल्याउन कांग्रेसले सरकारसँग अपिल गरेको छ ।