डाक्टर लोर्ना एम. ब्रीनको सुझबुझ र मिहिनेतले धेरैको जीवन मृत्युतर्फ धकेलिनबाट जोगियो। उनी सधैँ त्यस्ता बिरामीको उपचारमा खटिइन् जो मृ त्युसँग संघर्ष गरिरहेका हुन्थे।
उनलाई नजिकबाट चिन्ने साथीहरु भन्छन्, ‘लोर्ना सधैँ आफ्नो अप्ठ्यारोभन्दा उपचारलाई प्राथमिकतामा राख्थिन्।’
तर कोरोना संकटको यो घडिमा उनी आफैँले आफ्नो जीवन अन्त्य गरेकी छिन्।
अमेरिकाको कोरोना भाइरस (कोभिड—१९) केन्द्र न्युयोर्क सहरको अस्पतालमा कोरोना संक्रमितको उपचार गर्दै आएकी डा. लोर्नाले आ त्म ह त्या गरेकी हुन्। अमेरिकी सञ्चार माध्यमहरुका अनुसार उनी न्युयोर्ककै ख्यातीप्राप्त आरटी (इमर्जेन्सी रुम) डाक्टर थिइन्। पछिल्लो समय लोर्ना म्यानहटनस्थित प्रेस्वेटरियन अस्पतालमा कोरोना संक्र मितको उपचारमा थिइन्।
उनीले आफ्नो ड्युटी सधैँ कुशलतापूर्वक निर्वाह गरिन्। त्यसले नै उनलाई मृ त्युतर्फ धकेल्यो, उनका पिता फिली ब्रिनले भने ।
न्युयोर्कबाट भर्जिनियास्थित बुवाआमाको घर फर्किएर उनले आ त्महत्या गरेकी हुन्। अस्पतालमा दर्दनाक दृश्यबारे उनले परिवार सदस्यलाई सुनाएको उनका पिताले बताए।एजेन्सी