
चितवन । चितवनको नारायणगढस्थित प्रभु बैंकमा आगलागी भएको छ । विद्युत चुहावट भई आगलागी भएको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रवीनबाबु रेग्मी बताए ।
उनका अनुसार स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र दमकलको सक्रियतामा आगो नियन्त्रणमा लिइएको छ ।
बिहान ११ः २० बजे लागेको आगो ११ः४५ बजे नियन्त्रणमा लिइएको हो । क्षतिको विवरण आउन बाँकी रहेको उनले जानकारी दिए ।
केहि स्थानमा चट्टयाङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ : माैसम बिभाग
काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम अहिले बदली भएको छ ।
हाल देशभर सामान्यतया बदली रहि सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, र गण्डकी प्रदेशका केहि स्थानहरुमा साथै बागमती प्रदेश र प्रदेश नं ५ का एक दुई स्थानमा चट्टयाङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
हाल देशभर सामान्यतया बदली रहि सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश,
र गण्डकी प्रदेशका केहि स्थानहरुमा साथै बागमती प्रदेश र प्रदेश नं ५ का एक दुई स्थानमा चट्टयाङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। pic.twitter.com/PrLEOKzeFz— Nepal Weather Forecast (@DHM_Weather) April 27, 2020