
बिहिवार पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई जना कोरोनाभाइरस संक्रमित निको भएर घर गए त्यसमा ८१ वर्षीय बृद्धा पनि थिईन्र । चैत पहिलो साता बेलायतबाट फर्किएका उनीहरूलाई केही दिनअघि कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि पाटन अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए ।
शुक्रबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गर्दै काठमाडौं उपत्यका कोरोना मुक्त्त भएकोमा सन्तोष लागेको बताए ।
उनको ट्वीट जस्ताको त्यस्तै :
कोरोना संक्रमित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया जेष्ठ नागरिक सन्चो हुनुभएसँगै काठमाडौँ उपत्यका हाललाई कोरोना विरामी मुक्त भएकोमा सन्तोष लागेको छ। डिस्चार्ज भएका सबैको फेरि एक पटक सुस्वास्थ्यको कामना गर्दछु।
— K P Sharma Oli (@kpsharmaoli) April 24, 2020