
काठमाडौं, बैशाख ११ । रुपन्देहीको सुनौली राजश्व गुल्म प्रमुख प्रहरी उपरिक्षक (डिएसपी) मानबहादुर शाही ब्यारेककै भित्रै कु-टिएका छन् । उनलाई प्रहरी निरीक्षकद्धय दयाराम पौडेल र केशव भट्टराईले कुट-पिट गरेका हुन्।
घटना मंगलबार साझको हो । ब्यारेक भित्र मदिरा निषेधित रहेपनि उनीहरु बाहिरबाट रक्सीले मात्दै भित्र गएका थिए । ब्यारेक भित्र मादक पदार्थ खाएर आउन पाइदैन भन्ने थाह छैन भनेर डिएसपीले सम्झाउँदा इन्सपेक्टरद्वय डिएसपीमाथि नै कुट-पीटमा उत्रेका थिए ।
सशस्त्र प्रहरी स्रोतका अनुसार हाल निरीक्षकद्धयलाई सशस्त्र प्रहरी बल मूख्यालयले नियन्त्रणमा लिएर कारवाहीको अगाडी बढाएको छ ।