
ताप्लेजुङ, बैशाख ११ ।
ताप्लेजुङको त्रिवेणी गाउँपालिका-२ फुलवारीका १७ बर्षीय मनोज काङबाङलाई तमोर नदिले बगाउँदा बेपत्ता भएका छन् ।
बुधवार अपरान्ह पौने ५ बजे तमोर नदीमा माछा मार्न जाल थाप्ने क्रममा अचानक नदीले बगाउँदा बेपत्ता भएका काङबाङको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
लकडाउनको समयमा नदीमा माछा मार्ने क्रम विगत केही दिनदेखि बढिरहेको छ ।