
कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि स्वाब संकलन गरेर प्रयोगशालातर्फ गइरहेका एक व्यक्तिको म्यानमारमा गोली ठोकेर हत्या गरिएको छ। म्यानमारको पश्चिमी प्रान्त रखाइनबाट स्वाब बोकेर याङ्गुनतर्फ गइरहेका सवारी चालकको गोली हानी हत्या भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। गोली लागेर प्याए सोन विन माउङको ज्यान गएको बताइएको हो ।
२८ वर्षीय माउङ गाडी चालक हुन्। संयुक्त राष्ट्र संघका अनुसार, विश्व स्वास्थ्य संगठनको गाडीमा स्वाब परीक्षणका लागि यान्गुन लैजाँदै गर्दा गोली प्रहार भएको हो। हत्या गरिएका ती युवक विगत तीन वर्षदेखि (डब्लुएचओ) का लागि काम गर्दै आएका थिए।