
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि भएको लकडाउनका कारण उपत्यकामा अलपत्र परेका ।
प्रदेश नं. ५ का करिब १७ सय मजदुर एकसाथ घरतर्फ लागेका छन् । उनीहरु ३० वटा बसमा सोमबार साँझ घरतर्फ लागेका हुन् ।
सोमबार साँझ घर लाग्नेमा अधिकांश भक्तपुरको विभिन्न इट्टा उद्योगमा काम गर्ने रोल्पा, रुुकम र सल्यानका मजदुर रहेका उद्धारमा क्रियाशील विद्यार्थी नेता दिपेश पुनले ।
जानकारी दिए । ‘आज ३० वटा बसमा प्रदेश नं. ५ का १७ सय जति मजदुरहरु घरतर्फ लाग्नुभएको छ,’ पुनले भने । आइतबार साँझ प्रदेश नं. ५ का ४ सय भन्दा बढी मजदुरहरुलाई ।
उपत्यकाबाट उद्धार गरेर घर पठाइएको थियो । उनीहरुलाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले विदाइ गरेका थिए । विद्यार्थी नेता पुनले सोमबार ।
घर पठाइएका प्रदेश नं. ५ का करिब १७ सय मजदुरहरुको उद्धार पनि ऊर्जामन्त्री पुनकै पहलमा भएको बताए । उनले घर जान पाउन मजदुरहरु हर्षित भएको बताए ।