
गोरखामा किशोरीलाई बला-त्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई प-क्राउ गरेको छ।
गोरखा नगरपालिका–७ का २६ वर्षीय रामशरण सिर्मललाई बला-त्कारको आरोपमा सोमबार प-क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले बताए।
प-क्राउ परेका सिर्मलले १६ वर्षीया किशोरीलाई बिहेको प्रलोभन देखाई जबर्जस्ती बला-त्कार गरेको पाइएको उनले बताए। वैशाख ३ गते दिउँसो ४ः३० बजेको समयमा आफ्नै घरमा लगेर सिर्मलले किशोरीलाई बला-त्कार गरेको खुल्न आएको उपरीक्षक अधिकारीले बताए।
पीडितका बाबुले दिएको उजुरीका आधारमा सिर्मललाई प-क्राउ गरिएको प्रहरीको भनाइ छ। उनलाई जबर्जस्ती करणी शीर्षकमा मु द्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।