
नयाँ दिल्ली । भारत उत्तर प्रदेशका मुख्यमंत्री योगी आदित्यनाथका आफ्ना ८९ बर्षीय पिता आनंद सिंह बिष्टको सोमवार दिल्लीको एम्स हस्पिटलमा निधन भएको छ ।
मुख्यमन्त्री योगी कोभिड-१९ माथि भएको मिटिङको समयमा नै पिताको दुखद मृत्यु बारे सूचना दिइएको थियो । तर मिटिङ रोकिएन, उनले आफ्नो काम जारी राखे । त्यसपछि मुख्यमन्त्री एक भावुक चिट्ठी लेखे ।
The news of his father breathing his last came to him in midst of the meeting . Unfazed by the news @myogiadityanath stood up only after completing the meeting on COVID-19.
— Shishir (@ShishirGoUP) April 20, 2020
उनले चिठिमा आफ्नो पिताको अन्तिम संस्कारमा शामिल हुन् सक्दैन । यसको कारण थियो लकडाउन । लकडाउन हटेपछि मात्र उनी घर जानेछन र पिताको मृत्युको अन्य काम गर्ने चिठिमा व्यक्त गरेका छन् ।
उत्तरप्रदेशके माननीय मुख्यमंत्री योगी आदित्यनाथ के पिता श्री आनंद सिंह बिष्ट के निधन पर दुःख व्यक्त कर रही हूँ और ईश्वर से दिवंगत आत्मा की शांति की कामना ?.@myogioffice pic.twitter.com/JA5scJpCpB
— Anandiben Patel (@anandibenpatel) April 20, 2020
चिठीमा मुख्यमन्त्री आदित्यनाथलले, ‘कोरोना भाइरससँग लड्नको लागी म आफनो पिताको अन्तिम संस्कारको कार्यक्रममा जान सकिन । लकडाउन सक्किएपछि दर्शनार्थ जाने छु । पिताजी कैलाशवासी हुनुभएकोमा मलाई दुख र शोक छ । उनी मेरो पूर्वाश्रमका जन्मदाता हुन । जीवनमा इमानदारी, कठोर परिश्रम र निस्स्वार्थ भावले लोकको हितमा कार्य गर्ने उनले मलाई बाल्यअवस्थामा नै संस्कार सिकाएका थिए । आज अन्तिम क्षणमा उनको दर्शन गर्ने हार्दिक इच्छा थियो ।’
मुख्यमंत्री योगी आदित्यनाथ जी के पिता के देहावसान पर भावभीनी श्रद्धांजलि!
— Akhilesh Yadav (@yadavakhilesh) April 20, 2020
पत्रमा योगी आदित्यनाथले यो लेखेका छन् कि, ‘वैश्विक महामारी कोरोना भाइरसको बिरुद्ध देशको लडाइमा उत्तर प्रदेशको २३ करोड जनताको हितमा अघि बढ्ने मेरो कर्तव्यबोधले गर्दा मैले पिताजीको अन्तिम दर्शन गर्न सकिन ।’
अन्तिममा उनले जनतालाई अपिल गर्दै भने, ‘म सबै नागरिकलाई अपिल गर्छु कि लकडाउनको पालन गर्दै कम भन्दा कम मानिस अन्तिम संस्कारमा जानुहोला । पूज्य पिताजीको स्मृतीमा कोटी कोटी नमन गर्छु । उनलाई विनम्रपुर्वक श्रद्धांजली अर्पित गर्छु ।’ एजेन्सी