
एजेन्सी–विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस अधानम घेब्रेयससले सबै देशका सरकारलाई कोरोना भाइरसको महामारीलाई ख्याल गर्दै वन्यजन्तुको मासु बिक्रीमा प्रतिवन्ध लगाउन माग गरेका छन्।
कोराना भाइरसको सरुवात चीनको वुहान सहरको सी फुड मार्केटबाट भएको अनुमान गरिँदै आएको छ। प्यांगोलिन वा चमेराको मासुबाट कोरोना भाइरसको संक्रमण सुरु भएको अनुमान गरिँदै आएको छ। ‘यसरी जीवित र मारेर जनावरको मासु बिक्री हुने यस्ता बजारलाई भोजन र स्वच्छताको सबै मापदण्ड पूरा भएपछि मात्र अनुमति दिइनुपर्छ,’ प्रमुख घेब्रेयेससले भने, ‘अधिकाश मासु बजारमा स्वच्छताको अभाव हुँदा कोरोना भाइरसजस्ता महामारी फैलिरहने सम्भावना कायम हुने देखिन्छ।’
लाखौं मानिसको भोजनको एक महत्वपुर्ण हिस्सा मासु भए पनि यसको स्वच्छताको अभावमा समस्या भएको उनको भनाइ छ। सबै नयाँ भाइरसहरु जनावरबाट संक्रमण भएकाले अहिले जनावरबाट संक्रमण रोक्न यस्तो निर्णय गरेको उनले बताए।