काेरोनाकाे कहरले गर्दा २५ दिनदेखि देश लकडाउनमा छ । मजदुरहरुले राजधानी छाडेर घर गएकाे विभिन्न संचारमाध्यमहरुमा समाचार आइरहेकाे छ । युवा नेता गगन थापा देखि रामकुमारी झाक्री सम्मले मजदुरकाे हक र हितकाे बारेमा बाेलिरहेका छन् ।
शुक्रबार मात्र प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्रीको निर्देशन : हिँडेर गाउँ जान नदिनू, खान नपाए खाद्यान्न पुर्याउनू भन्ने सन्देश जारी गरेपछि पूर्वराजा ज्ञानेन्द्र शाह थप आक्राेशित बनेका छन् । प्रधानमन्त्रिकाे भनाई लगत्तै पूर्वराजाले ट्वीट गर्दै आक्राेस व्यक्त्त गरेका हुन् ।
उनले राजनैतिक दलद्वारा प्रश्रय प्रदान गरिएका आम मजदूर वर्गका हक र हितका लागि देशैभर संचालनमा रहेका संगठनहरु हात बाँधेर बस्नु मुर्खतापुर्ण रहेको बताएका छन् । उनले लेखेका छन् , “संगठनहरुले मजदूर वर्गको अपमान गरेको उनको ठहर छ । मजदूर वर्गको सुरक्षा बिना कहिले पनि देश सम्पन्न बन्न नसक्ने तथ्यलाई नकार्न मिल्दैन ।
राजनैतिक दलद्वारा प्रश्रय प्रदान गरिएका आम मजदूर वर्गका हक र हितका लागि देशैभर संचालनमा रहेका संगठनहरु यस प्रकारको संकटको घडीमा आफ्ना हात बाँधेर बस्नु बिडम्बना मात्र नभई मजदूर वर्गको अपमान पनि हो। मजदूर वर्गको सुरक्षा बिना कहिले पनि देश सम्पन्न बन्न नसक्ने तथ्यलाई नकार्न मिल्दैन।
— G. Shah (ज्ञानेन्द्र शाह) (@GBBShah) April 17, 2020

देशमा अकस्मात कोरोना संक्रमितको संख्या बढ्नाले सबैलाई चिन्तामा पारेको छ। संकटको यस घडीमा राज्यका सबै संयन्त्रहरुले चनाखो भई आफ्नो क्षेत्रमा सक्दो सावधानी र संयमता अपनाउनु पर्ने देखिन्छ। आफ्नो गाउँघरका लागि निस्केका नागरिकको उचित व्यवस्थापन हुन सकेन भने स्थिति झन् भयावह बन्न सक्छ।
— G. Shah (ज्ञानेन्द्र शाह) (@GBBShah) April 17, 2020