झापा । झापा दमक बेलडागी-२ सिबीर स्थितमा रहेको एक घरमा गाई काटिरेहको अवस्थामा २ जना पक्राउ परेका छन ।
पक्राउ पर्ने मा बेलडागी-२ हर्ट नम्बर २९५ सेक्टर नम्बर A को २६ बर्षीय सुनिल गुरुङ र बेलडागी-२ हर्ट नम्बर २०८ सेक्टर नम्बर A३ को ३२ बर्षीय खगिन्द्र दुलाल रहेका छन ।
हिजो बेलुका सँवा ८ बजे निजहरुले गाई काटिरहेको भन्ने स्थानीयले प्रहरीमा खबर गर्नसाथ तत्काल खटिएको प्रहरी टोलीले दुबैजनालाई मासु काटिरहेको अवस्थामा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
यसै गरी खोटाङ हलेसी तुवाचुङ-५ मयांखु स्थितमा गोरू काटिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही स्थानमा बस्नेहरु देश बाहदुर सार्की, हिरा सार्की, सुभाष सार्की, रबिन सार्की, अमृत सार्की, सिता सार्की र लिला बहादुर खड्का रहेका छन ।
हिजो साँझ ६ बजे स्थानीयले दिएको सुचना अनुसार खटिएको प्रहरीले सातै जनालालई गोरू काटिरहेको अवस्थामा नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ ।