
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो २४ घण्टामा विश्वभर ५ हजार ४ सय २३ जनाको ज्यान गएको छ । यसमा सबैभन्दा धेरै अमेरिकामा १ हजार ५ सय ३५ जनाको ज्यान गएको छ । यो संख्या थपिए सँगै अब कोरोनाका कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या २३ हजार ६ सय ४० पुगेको छ ।
पछिल्लो २४ घण्टामा बेलायतमा ७ सय १७ जनाको कोरोनाका कारण मृत्यु भएको छ । इटालीमा ५ सय ६६, स्पेनमा ५ सय ४७, फ्रान्समा ५ सय ७४ जनाको पछिल्लो २४ घण्टामा ज्यान गएको छ ।
कोभिड–१९ बाट विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख १९ हजार ६ सय १८ पुगेको छ । इटालीमा २० हजार ४ सय ६५ जनाको मृत्यु हुँदा कोरोना कारण स्पेनमा १७ हजार ७ सय ५६ जनाले ज्यान गुमाइसकेका छन् ।
फ्रान्समा १४ हजार ९ सय ६७ जनाको ज्यान गइसकेको छ भने बेलायतमा ११ हजार ३ सय २९ जनाको ज्यान गइसकेको छ ।