
कैलाली – कोरोना संक्रमित देखिएकी कैलालीको लम्की–चुहाकी ६५ वर्षीय महिलासँग् आएका १६ जनालाई पनि क्वारेन्टिनमा फर्काइने भएको छ।
वीरगन्जबाट ती महिलासँगै अन्य १६ जना सहितको समूह एउटै बसमा कैलाली पुगेका थिए।
त्यो बसमा वीरगन्जबाट ३५ जना चढे पनि लम्की–चुहामा भने १७ जना झरेको कैलालीका प्रहरी प्रमुख एसपी सुदीप गिरीले बताए।
अरु व्यक्तिहरु पश्चिमका विभिन्न ठाउँका रहेको प्रहरीको भनाई छ। उनीहरुलाई पनि आफ्नै ठाउँको क्वारेन्टिनमा राख्ने गरी वीरगन्जबाट बसमा पठाइएको थियो।
लम्किचुहामा झरेका १७ जनालाई भने १८ गतेदेखि लम्की बहुमुखी क्याम्पसको क्वारेन्टिनमा राखिएको थियो। तर ¥यापिड टेष्टमा नेगेटिभ रिपोर्ट आएपछि उनीहरुलाई चैत २८ गते क्वारेन्टिनबाट छाडिएको थियो।
संक्रमण भएकी महिलाको परिवारका अन्य तीन सदस्य पनि त्यही बसमा लम्किचुहा पुगेका थिए।
अहिले १६ जनालाई नै क्वारेन्टिनमा फर्काउनका लागि प्रहरी परिचालन गरिएको एसपी गिरीले बताए।