काठमाडौं – कोरोना भाइरसको संक्रमणको आशंकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा संकलन गरिएका ३६ जनाको नमूनामा भाइरसको संक्रमण देखिएको छैन।
प्रयोगशालामा शनिबारसम्म संकलन गरिएका ३६ जनाको रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाकी निर्देशक डा रुना झाले जानकारी दिइन्। उनका अनुसार प्रयोगशालामा थप ४ जनाको नमूनाको परीक्षण भइरहेको छ। उनीहरुको सोमबार रिपोर्ट आउने छ।
हालसम्म नेपालमा टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा मात्र कोरोनाको परीक्षण हुने गरेको छ। स्वास्थ्य मन्त्रालयले धारनस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धुलिखेल र वीर अस्पतालमा पनि नमूना परीक्षण सेवा सुरु गर्ने प्रक्रिया अगाडि बढाएको छ।