
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.महेन्द्र श्रेष्ठले चीनबाट खरिद गरिएको अत्यावस्यक औषधी २० प्रतिशत महंगो परेको तर, यसमा एक रुपैँया पनि भ्रष्टाचार नभएको बताउनुभएको छ । नेपाली रेडियो नेटवर्कसंग कुरागर्दै महानिर्देशक श्रेष्ठले चीनबाट खरिद गरिएको सवै औषधीको नेतृत्व आफुले गरेको र यसमा एक रुपैँया भ्रष्टाचार भएको ठहरिए आफु जहाँसुकै उभिन तयार रहेको बताउनुभयो ।
उहाँले विश्वभर कोरोना रोकथामका लागि प्रयोग गरिने औषधी र आवश्यक सामाग्रीहरुको अभाव रहेको र मुल्य बढीरहेको भन्दै अहिले चीनबाट आएको औषधी आंसिक मात्रै आएको बताउनुभयो । उहाँले आएको औषधीले पहिलो लटका लागि पुग्ने र आज सवै प्रदेशलाई पठाउने जानकारी दिनुभयो ।
उहाँले सरकारले सवैसंग आग्रह गर्दा कोही नबोलेको र औषधी आएपछि भ्रष्टाचार गर्यो, मागेको भए हामी दिन्थ्यौ भन्नेहरु पनि देखिएको भन्दै चीन वा अरु मुलुकबाट यो भन्दा सस्तो दरमा औषधी दिन्छु भनेर टेवल टक गर्छ भने आजै आफुले चीनसंगको टेण्डर रद्ध गर्ने बताउनुभयो । अहिले पनि यहि मुल्यमा चीनबाट औषधी ल्याउने केही भए सरकारले चाहिए जती औषधी एकै पटक किन्ने दावी गर्नुभयो ।
महानिर्देशक श्रेष्ठले अहिले खुल्ला रुपमा सामान किन्न नपाइने र संसार भरी सामान नभएकाले ठूला देशहरुले समेत सामान नपाएको बताउनुभयो । उहाँले विना पीपीई डाक्टरहरुलाई संक्रमितसंग कसरी पठाउने भन्दै अहिले पनि थोरै मात्र औषधी आएको छ, भोली समान नभइकन हामी कुनै पनि विरामी हेर्दैनौ भनेर डाक्टरहरु बाहिर निस्किए भने के गर्ने भन्ने प्रश्न गर्नुभयो ।
उहाँले भन्नुभयो,‘ देश संक्रमणले ग्रस्त छ । उपचार नपाएर सारा जनता त्रसित भएका छन् । संक्रमित बढेका बढेकै छन । औषधी नभएर परिक्षण गर्न सकिएको छैन । सामाग्री नभएर चिकत्सकहरु उपचारमा जादैनौँ भनिरहेका छन् । देशभरी हाहाकार छ । यस्तो समयमा २० प्रतिशत मुल्य बढी भयो भनेर सरकार चुप लागेका बस्ने । जनतालाई उपचार नदिएर मार्ने । यस्तो बेलामा मैले औषधी ल्याउदा भ्रष्टाचारी भन्नेहरु राज्यद्रोही हुन’ ।
श्रेष्ठले ‘अहिलेको औषधी किन्न गरिएको स्टमेट अनुसार २० प्रतिशत महंगोमा खरिद गरेका हौ । पीपीई २५ सय नेपालीमा चीन सरकारले दिएको हो । जुन महंगो समानहरु आएको छैनन् । महंगो पनि सामान म पठाउछु भनेर कुनै पार्टी आउछ भने सरकार टेन्डर रद्ध गरेर लिन्छ । टेवलमा आउनुहोस’ भन्नुभयो ।
श्रेष्ठले अहिले बजारमा मास्क नभएको भन्दै पहिले ५ रुपैमा पर्ने मास्को अहिले उत्पादन मै ८ रुपैया मुल्य पर्न थालेको बताउनुभयो । उद्योग बाणिज्य संघ नाफा खादा १० रुपैया पर्छ भन्दै उहाँले आफुले एक रुपैया कमिसन नखाएको र यो औषधी खरिदको हाकिम पनि आफै भएकाले कस्ले कहाँ लगेर उभ्याउने हो उभ्याए हुने बताउनुभयो ।