
हाम्रो समाजमा एउटा उखान प्रचलित छ , बाच्दाको जन्ती तथा मर्दाको मलामी तर आजभोली कोरोनाको कारणले पुरै विश्व नै डराएको छ । केहीसमय यता भिडियोकल मार्फत अन्त्येष्टी गरेको, कोही मलामी जान नमानेको खबरहरु सुन्दै आएको छौं तर आज भारतमा अनौठो घटना घट्यो ।
भारतको उत्तर परदेशमा रविशंकर नाम गरेका एक मानिसको शनिवार विहान मृत्यु भयो । उस्को छोराले आफ्ना सारा आफन्त र छिमेकीहरुलाई खबर गर्यो । तर घण्टौ बित्दा पनि उत्त घरमा कोही पनि आएन्न । परिवारजन निरास भएर बसेको बेलामा केही मुस्लमानहरु आए र अन्त्येष्टीको प्रक्रियाहरु अगाडी बढाए । यति मात्र हैन कि बाटोमा पनि उनीहरुले राम नाम सत्य हो भन्दै घाटसम्म पुगेर उनलाई अन्तिम श्रद्धाञ्जली दिएर घर फर्किएकाे भारतीय मिडियाले बताएका छन् । हिन्दु धर्ममा रहेका रविशंकरको परिवारमा महल्म पट्टि लगाउन मुस्लिमहरु आए । त्यसैले जात धर्म भन्ने त्यागौ र मानवता देखाउँ । उनकाे के कारणले मृत्यू भएकाे बताईएको छैन ।
भिडियाे हेराै ।
In Bulandshahr, a man named Ravishankar died. Because of the #COVID fear, none of his relatives came to lift the bier. His Muslim neighbours came,lifted the bier & also chanted “Ram Naam Satya hai” in the funeral procession. pic.twitter.com/g4TLPsxdpH
— Zainab Sikander (@zainabsikander) March 29, 2020