साताको पहिलो दिन नेप्से परिसूचक बढेको छ। आइतबार २.४८ प्रतिशत अर्थात् ७१.४३ अंकले बढेर २९४७.४२ बिन्दुमा पुगेको हो। नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि वृद्धि भएको छ।
आज सामूहिक लगानी कोषबाहेक सबै समूहको परिसूचक बढेको छ। जलविद्युत,६.३७, विकास बैंक ५.१३, वित्त ४.०८, उत्पादन ४.५१, निर्जीव विमा ३.२७, होटल र पर्यटन २.२३ प्रतिशतले बढेको छ। यस्तै अन्य समूहको शेयर परिसूचक अघिल्लो कारोबारभन्दा बढेको छ।
आइतबार नेशनल हाइड्रोपावर, राष्ट्रिय बीमा कम्पनी, अपि पावर,लिबर्टी इनर्जी, पाँचथर पावर,छ्याङ्दी हाइड्रोपावर, सानिमा लाइफ इन्स्योरेन्स,अरुण काबेली, फस्ट माइक्रोफाइनान्स,राष्ट्रिय बीमा कम्पनीको शेयरको मूल्य १० प्रतिशत बढेको हो।
कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रह्यो। यो कम्पनीको ७३ करोड ७७ लाखभन्दा बढी शेयर खरिदबिक्री भए। सिटिजन्स म्युचुअल फण्डको शेयर मूल्य घटेर सर्वाधिक ३.५८ प्रतिशतले घटेको छ। त्यसैगरी रैराङ्ग हाइड्रोपावर र एनआइसी एसिया ग्रोथ फण्डको मूल्य २ प्रतिशतभन्दा बढीले घटेको छ।
केही दिनदेखि उच्च रुपमा घट्दै गएको सेयर बजार आज उकालो लाग्दा फेरि बजारले बुलिस ट्रेण्ड समातेको होकि भन्ने आकलन पनि कतिपय लगानीकर्ताले गरेका छन् । अर्थमन्त्री जनार्दन शर्माले शंसोधित बजेट ल्याएपछिको यो पहिलो दिन हो । सेयर बजारले शंसोधित बजेटलाई स्वागत गरेको बुझ्न सकिन्छ ।