शिक्षासम्बन्धी विभिन्न समस्या समाधानको माग गर्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । त्रिभुवन विश्वविद्यालय विद्यार्थी संघर्ष समितिको नेतृत्वमा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।
विद्यार्थीहरुले ‘त्रिविमा शिक्षाको व्यापार बन्द गर’, ‘विश्वविद्यालयलाई ज्ञान उत्पादनको थलो बनाउ व्यपारको होइन’, ‘राज्यको लगानीमा उच्च शिक्षा सुनिश्चि गर’, ‘विश्वविद्यालयमा राजनीतिक भागबन्डाको अन्त्य गर’, ‘शिक्षा हाम्रो मौलिक हक हो यसको ग्यारेन्टी गर’ लगायत लेखिएको पर्चा पम्पलेटहरु बोकेका थिए ।
विद्यार्थीहरुले निरन्तर शैक्षिक कार्यक्रमको समेत माग गरेका छन् । त्रिविको परिसर वरिपरि प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले माग पूरा हुनुपर्ने र पूरा नभए अझ कडा प्रदर्शन र कारबाहीको चेतावनी दिएका छन् ।