काठमाडौं । बिग मार्टबाट ४१५ रुपैयाँको सामान किनेका जनकपुरका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका छन् ।
अर्थ मन्त्रालयमा सोमबार आयोजित ‘कात्तिक महिनाको पहिलो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम’ अन्तर्गतको लक्की ड्रमा ०९८०४६५५८१७५ नम्बरका करदाता बम्पर पुरस्कारका लागि छनोट भएका हुन् ।
ती उपभोक्ताले कात्तिक ५ गते बिग मार्टबाट ४१५ रुपैयाँको सामान खरिद गरेका थिए ।
सरकारले कात्तिक १ देखि १५ गतेसम्मको अवधिका लागि १५ जनालाई जनही १ लाख ३३ हजार ३४ रुपैयाँका दरले पुरस्कार दिने र पाक्षिक रूपमा एक जनालाई १० लाख रुपैयाँको बम्पर उपहार दिने कार्यक्रम सञ्चालन गरेको छ ।
१० लाख जित्ने उपभोक्तालाई आन्तरीक राजश्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले फोन गरेर बधाइ दिएका थिए । करदाता प्रोत्साहन कार्यक्रम घोषणा कार्यक्रममा किक्रेट खेलाडी ललितनारायण राजवंशी समेत उपस्थित थिए