नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जागरण अभियान सुरु गर्न लागेका छन् ।
प्रचण्डले शनिबार राष्ट्रिय जागरण अभियानको घोषणा गर्न लागेका हुन् । पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा पत्रकार सम्मेलन गरेर प्रचण्डले राष्ट्रिय जागरण अभियानको उद्घाटन गर्न लागेका हुन् ।
राष्ट्रिय जागरण अभियानमा के के कार्यक्रम समावेश गरिएको छ भन्नेबारे जानकारी दिनका लागि प्रचण्डले शनिबार दिउँसो साढे २ बजे पत्रकार सम्मेलन बोलाएका छन्। पत्रकार सम्मेलनमा नेकपाका सहसंयोजक माधवकुमार नेपालको पनि उपस्थिति रहने बताइएको छ।