नेपाल प्रिमियर लिगको फ्रेन्चाइजी टीम कर्णाली याक्सले दक्षीण अफ्रिकाका क्रिकेटर डेविड मिलरलाई अनुबन्ध गरेको छ। कर्णाली याक्सले दक्षिण अफ्रिकाका ब्याटर मिलरलाई टीममा अनुबन्ध गरेको घोषणा गरेको छ।
नेपाल प्रिमियर लिगको तेस्रो संस्कारणका लागि कर्णाली याक्सले मिलरलाई ल्याएको जनाएको हो।
मध्यक्रममा खेल्ने बायाँहाते ब्याटर मिलरको कर्णाली याक्समा अनुबन्धले एनपीएलको चर्चा अन्तर्राष्ट्रिय स्तरमै बढेको छ। मिलर टी २० मा सफल ब्याटर हुन्।
कर्णाली याक्सले यसअघि पाकिस्तानको टी २० का क्याप्टेन साहिबजादा फरहानलाई ल्याइसकेको छ। त्यस्तै, हुसैन तलातलाई पनि कर्णाली याक्सले अनुबन्ध गरेको छ।