नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो सिजनदेखि नै क्रिकेट समर्थकको रोजाइमा पर्दै आएको टीम हो कर्णाली याक्स । कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने यो टोलीले एनपीएल पहिलो सिजनमा भारतका चर्चित क्रिकेटर शिखर धवनलाई ल्याउँदा यो टीमको चर्चा चुलिएको थियो ।
एनपीएलको पहिलो सिजनमा एनपीएलका ८ टीममध्ये दोस्रो क्वालीफायरमा पुगेको कर्णाली याक्सको दोस्रो सिजन भने राम्रो भएन । दोस्रो सिजनमा कर्णाली याक्स छैटौं भएको थियो ।
एनपीएलमा कर्णाली याक्सबाहेक जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स, चितवन राइनोज, काठमाडौं गोर्खाज, विराजटनगर किंग्स र पोखरा एभेन्जर्स रहेका छन् । नेपालमा ७ प्रदेशमध्ये ६ प्रदेशबाट १-१ क्रिकेट टीम छन् भने बागमती प्रदेशबाट काठमाडौं गोर्खाज र चितवन राइनोज गरी दुईवटा टीम रहेका छन् ।
कर्णाली याक्सको नेतृत्व सोमपाल कामीले गर्दै आएका छन् । पहिलो सिजनबाट सोमपालको नेतृत्वमा मैदानमा उत्रिँदै आएको कर्णाली याक्सको मार्की प्लेयर पनि उनी हुन् ।
एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ।
- अध्यक्ष – गृहेन्द्र घिमिरे
- निर्देशक तथा प्रमुख प्रशिक्षक – ज्ञानेन्द्र मल्ल
सोमपाल कामी – मार्की खेलाडी तथा कप्तान, अलराउन्डर
गुल्सन झा – अलराउन्डर
साहिबजादा फरहान – शीर्षक्रमका ब्याटर
हसैन तलत – अलराउन्डर
अररिफुल इस्लाम – ब्याटर
अकबर अली – विकेटकिपर तथा ब्याटर
मार्क वाट – बलर तथा अलराउन्डर
डेबिड मिलर – ब्याटर
नन्दन यादव – बलर
पवन सर्राफ – अलराउन्डर
दीपक डुम्रे – विकेटकिपर तथा ब्याटर
युवराज खत्री – बलर
युनिशविक्रम सिंह ठकुरी – बलर
सूर्य तामाङ – बलर
विपिन शर्मा – बलर
शुभ कंशाकार- ब्याटर
सचिन शर्मा – ब्याटर
दिपेन्द्र रावत – अलराउन्डर
दिवान पुन – अलराउन्डर
एनपीएल टीम प्रोफाइलहरू तलको लिंकमा गएर पढ्नुहोस्-