काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फको सहमहामन्त्री पदमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनाअनुसार खुलातर्फका दुई पदका लागि भएको प्रतिस्पर्धामा खतिवडा र शिवाकोटी विजयी भएका हुन्।
कांग्रेसको पदाधिकारीमा इतर समूहबाट आएका नेतामध्ये हालसम्म खतिवडा मात्रै निर्वाचित भएका छन्। शिवाकोटी भने विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिका सदस्य हुन्।
दुवै नेताले प्रतिस्पर्धीलाई पछि पार्दै लोकप्रिय मतका आधारमा जित हासिल गरेको बताइएको छ।