काठमाडौँ — धादिङको गजुरीमा सडक भासिएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध भएको छ।
शुक्रबार साँझ धादिङको गजुरी गाउँपालिका–५, गलौदीमा सडक भासिएपछि उक्त सडकखण्डमा यातायात सेवा प्रभावित भएको हो।
सडक भासिँदा सडकको ठूलो भागमा चिरा परेको छ भने केही भाग भत्किएर खाल्डो बनेको छ। यसका कारण सवारीसाधन आवागमन अवरुद्ध भएको छ।
सडक अवरुद्ध भएपछि यात्रु तथा सवारीचालक प्रभावित भएका छन्। सडक मर्मत गरी यातायात सञ्चालनमा ल्याउने विषयमा थप विवरण आउन बाँकी छ।