मनाङ । मनाङमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको छ। हिमपहिरोमा परेका उनीहरूको शव कैलाश हेलिकप्टरमार्फत उद्धार गरी प्रादेशिक अस्पताल मनाङमा ल्याइएको छ।
प्राप्त पछिल्लो विवरणअनुसार हिमपहिरोमा परेका २२ जनामध्ये १२ जना फु गाउँमा सम्पर्कमा आएका छन्। अझै आठ जना सम्पर्कविहीन रहेको जनाइएको छ।
सम्पर्कविहीनहरूको खोजी तथा उद्धारका लागि सुरक्षा निकायसहितको टोली परिचालन गरिएको छ। उद्धार तथा खोजी कार्य जारी रहेको जनाइएको छ।
यो विवरण बिहीबार साँझ ६ः१५ बजेसम्मको हो।