काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ। सोमबारदेखि सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए।
स्थगित बैठक भोलि बिहान ९ बजे पुनः बस्नेछ। भोलिको बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ।