निजी र व्यावसायिक दुवै जीवनमा सदावहार रुपमा चर्चामा रहेकी भारतीय सिनेमाकी दिग्गज अभिनेत्री रेखाको जन्म भारतको चेन्नईमा भएको हो । ७० वर्षमा हिडिरहेकी रेखा शुरूशुरूमा आर्थिक समस्याका कारण तेलुगुका बी र सी ग्रेड फिल्महरूमा काम गरेकी थिइन् ।
उनले नमक हराम, यमला पग्ला दिवाना, क्रिशको सिरिज, लगायतका कैयौँ बलिउड सुपरहिट फिल्ममा काम गरेकी छिन् । व्यापारी मुकेश अग्रवालसँग पहिलो विबाह गरेकी रेखाले उनको मृत्युपछि अभिनेता विनोद मेहरासँग गोप्य विवाह गरिन् । मुकेशले विबाह गरेको १ वर्ष नबित्दै आ त्मह त्या गरेका थिए ।
रेखाका श्रीमान मुकेशले सु-साइड नोटमा के लेखेका थिए ?
रेखाले १९९० मा भारतमा चर्चित व्यापारी मुकेश अग्रवालसँग बिहे गरेको थिइन् । उनी त्यो समयका चर्चित हटलाईन गुप्र र निकिताशा बान्ड्रका मालिक थिए ।
बिहेको एक वर्ष पछि अर्थात १९९१ मा मुकेशले रेखाको सलको प्रयोग गरेर नै देहत्याग गरेका थिए । उनको मृत्युले बलिउडमा तरङ्ग नै मच्चायो तर उनको मृत्युको रहस्य भने गुपचुप नै राखियो ।
मुकेशले मर्नुअघि एउटा नोट लेखेका थिए तर त्यस्मा उनले कसैलाई पनि आरोप लगाएका थिएनन् । उनले आफ्नो साथी तथा मनोचिकित्सक मुकेश अग्रवाललाई आफ्नो २ सन्तानको ख्याल गर्न र सम्पत्ति सम्हाल्न आग्रह गरेका थिए ।
रेखाको बारेमा किताब लेख्ने यासिर उस्मानका अनुशार मुकेशले नोटमा रेखालाई आफ्नो सम्पत्ति नदिन आग्रह गरेका थिए । उनी आफै सक्षम छिन्, उनलाई मेरो सम्पत्तिको जरुरत नै छैन भनेको कुराहरु अस्मानले बताउँदै आएका छन् ।
मुकेशका नजिकका मित्र तथा पुलिस कमिस्नर नीरज कुमारले रेखाले मुकेशको सम्पत्तिमा कहिले पनि आखाँ नलगाएको र अंश नलिएको बताउँदै आएका छन् ।
रेखाले मुकेशसँग पैसाको लागि विवाह गरेको हल्ला भएता पनि उनले आफुहरुसँग एक रुपैयाँ पनि नमागेको मुकेशका भाइले बताउँदै आएका छन् ।
र यो पनि हेर्नुहोस् ।
७० लागिन् बलिउड अभिनेत्री रेखा, अझै छन् करोडौं फ्यान !
निजी र व्यावसायिक दुवै जीवनमा सदावहार रुपमा चर्चामा रहेकी भारतीय सिनेमाकी दिग्गज अभिनेत्री रेखाको जन्म भारतको चेन्नईमा भएको हो ।
उनी ७० वर्षमा लागेकी छिन् । शुरूशुरूमा आर्थिक समस्याका कारण रेखाले तेलुगुका बी र सी ग्रेड फिल्महरूमा काम गरेपनि उनले नमक हराम, यमला पग्ला दिवाना, क्रिशको सिरिज, लगायतका कैयौँ बलिउड सुपरहिट फिल्ममा काम गरेकी छिन् ।
निजी जीवन रह स्यमयी राख्न रुचाउने रेखाको नाम अमिताभ बच्चन, राज बब्बर, नवीन निश्चल, जीतेन्द्र, यश कोहली, किरन कुमार, शत्रुघ्न सिन्हा, अक्षय कुमार लगायका अभिनेतासँग पनि जोडियो ।
व्यापारी मुकेश अग्रवालसँग पहिलो विबाह गरेकी रेखाले उनको मृत्युपछि अभिनेता विनोद मेहरासँग गोप्य विवाह गरिन् । मुकेशले विबाह गरेको १ वर्ष नबित्दै आ त्मह त्या गरेको बताइन्छ ।
त्यसपछि पनि रेखाको नाम धेरै पुरुषसँग विबाहको विषयमा जोडियो । तर रेखाले सबैलाई गोप्य नै राखिन् ।
हाल पनि अमिताभको नामको सिन्दुर लगाउने तर आँफुलाई अविबाहित भन्न रुचाउने रेखाको वास्तविक नाम भानुरेखा गणेशन हो । दक्षिण भारतीय फिल्मका अभिनेता जेमिनी गणेशन र तेलुगु अभिनेत्री पुष्पावलीकी छोरी हुन् ।