काठमाडौं। साउन महिनाको तेस्रो सोमवारका अवसरमा काठमाडौंस्थित पशुपतिनाथ मन्दिरसहित देशभरका प्रमुख शिवालयमा सोमबार बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।
महादेवको पूजा–आराधना, जल अर्पण र दर्शनका लागि श्रद्धालुहरू बिहानैदेखि मन्दिर पुगेका छन्। पशुपतिनाथमा दर्शनका लागि भक्तजन लामबद्ध देखिएका छन् भने साउनको सोमवारको धार्मिक महत्वका कारण दिनभर श्रद्धालुको चाप उच्च रहनेछ।
पशुपतिनाथसँगै देशका अन्य शिवालयमा पनि भक्तजनले पूजा–आराधना गर्दै सुख, शान्ति र समृद्धिको कामना गरेका छन्। साउनको सोमवारमा विशेषगरी महिला श्रद्धालुले व्रत बसेर शिव मन्दिरमा पूजा गर्ने परम्परा छ।
श्रद्धालुको चापलाई मध्यनजर गर्दै पशुपतिनाथ क्षेत्रसहित विभिन्न शिवालयमा दर्शन व्यवस्थापन सहज बनाउन सुरक्षाकर्मी र स्वयंसेवक परिचालन गरिएको छ।