२०७७ साल माघकृष्ण माघ २३ गते शुक्रवार अष्टमी तिथि विशाखा नक्षत्र चन्द्रमा तुला तथा वृश्चिक राशिमा ।
मेष राशि : चोटपटकको सम्भावना छ तथा गरेको काममा शत्रुको कारण वाधा अर्चन आउने देखिन्छ । यात्रा गर्नु भन्दा अगि धेरै सोच्नुहोला अन्यथा यात्रामा वाधा हुन सक्छ । अन्यक्षेत्र राम्रो छ ।
वृष राशि : दाम्पत्यजीवनमा आएको तितोपन हटेर जानुका साथै सम्वन्धमा सुमधुरता छाउने छ । पाटनरसीपमा गरेको काममा लाभ मिल्नेछ । नयाँ कामको अवसर प्राप्तहुन सक्छ ।साथीभाइ सँगको भटले मन रमाउने छ ।
मिथुन राशि : शत्रु नीरिह हुने कारणले गर्दा तपाइको काम सजिलै सम्पन्न हुनेछ । अहिले सम्म काममा आएको बाधा हट्ने छ भने स्वास्थ्यमा केही समस्या देखिन थाल्नेछ । पत्निको स्वास्थ्यलाइ लिएर केही जटिलता आउन सक्ला ।
कर्कट राशि : पढाइमा राम्रो हुदै जानुका साथै बुद्धि बढेर जानेछ । सन्तान सुखपाउनु हुनेछ भने स्वास्थ्यमा देखिएको समस्या कम भएर जानेछ । आर्थिक लगानीको अवसर प्राप्त हुन सक्नेछ ।
सिंह राशि : सवारी साधन तथा चौपाया वाट लाभ हातपर्ने छ । कृषिक्षेत्रमा लगानी गर्ने अवसर प्राप्त हुन सक्छ । घर परिवारमा मन रमाउनुका साथै व्यवसायवाट लाभ मिल्नेछ । जागिरमा पदोन्नतीको सम्भावना छ ।
कन्या राशि : सामान्य प्रयासमा पनि काम वनेर जानुका साथै थोरै प्रयासमा ठुलो सफलता प्राप्त हुन सक्छ । दाजुभाइ सँगको सम्वन्ध राम्रो भएर जानेछ । स्वास्थ्यमा भने सतर्कता अपनाउनु होला ।
तुला राशि : बोलीको प्रभाव धरै राम्रो हुनेछ तथा प्रशंसा प्राप्तगर्न सक्नुहुनेछ । धनमा हानी हुने अवस्था सृजना हुन सक्ने स्थिति बन्ननेछ । घर परिवरमा कसैमा स्वास्थ्य समस्या हुने कारणले गर्दा मन भने खिन्न हुनेछ ।
वृश्चिक राशि : मान सम्मानमा वृद्धि हुनुका साथै काममा पदोन्नतीको सम्भावना छ । नयाँ काम पाउन सक्ने समय देखिन्छ भने नसोचेको ठाउँवाट धन हातपर्न सक्नेछ । अचल सम्पत्तिको सदुपयोग हुनेछ ।
धनु राशि : काममा सतर्क भएर गर्नु होला अन्यथा झुटा आरोप प्रत्यारोप लाग्नसक्ने समय छ । आर्थिक हानिको समय देखिन्छ । वैदेशिक यात्राको अवसर भने प्राप्तहुन सक्नेछ ।
मकर राशि : आर्थिक लाभको समय छ तर शत्रु वा कामको कारण केहीसमस्या भने देखिन सक्छ । दाजुभाइ सँगको सम्वन्ध राम्रो भएर जानेछ । तथा नयाँ भोजनको स्वाद लिन सकिने छ ।
कुम्भ राशि : तपाइले गरेको काममा गल्ति देखाउनेहरु बढ्नेछन् सतर्क भएर काम गर्नु होला । पुरानो साथी भाइसँगको भेटले मन रमाउनेछ । काममा भने समस्या छ विचार गर्नु होला ।
मीन राशि : अरुको विस्वास तपाईको कामका कारण जित्न सक्नुहुनेछ । भाग्यमानी बन्नुहुनेछ तथा आर्थिक लाभको समय देखिन्छ । पिताजी सँगको सम्वन्ध राम्रो भएर जानेछ ।