सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार भएको गोलीकाण्डमा घाइते भएका अर्का एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।
देवानगञ्ज–३ निवासी २१ वर्षीय जयप्रकाश मेहताको विराटनगरस्थित न्युरो कार्डियोलोजी अस्पतालमा उपचारकै क्रममा बिहीबार दिउँसो १ः२४ बजे निधन भएको अस्पताल प्रशासनले जनाएको छ।
गोली लागेर गम्भीर घाइते भएका मेहताको केही दिनदेखि उपचार भइरहेको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
यससँगै कप्तानगञ्ज गोलीकाण्डमा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ।