राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै - जे देख्छ, त्यहि लेख्छ | KTM Dainik
राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै
केटिएम दैनिक
बिहीबार, साउन १४ २०८३
21
SHARES
काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बिहान बस्दैछ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११:३० बजे बैठक तय गरिएको हो।
बैठकमा पछिल्लो समय विकसित सुरक्षा अवस्था, समसामयिक राष्ट्रिय विषय तथा अन्य महत्वपूर्ण मुद्दामा छलफल हुने जनाइएको छ।
राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, नेपाल सरकारका मुख्य सचिव, प्रधानसेनापति र रक्षा सचिव सदस्य रहने संवैधानिक व्यवस्था छ।