नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले भीम रावलमाथि कारबाही गरेको छ । नेकपा प्रचण्ड–माधव नेपाल समूहका नेता एवम् सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलसहित तीनजना नेतालाई कारबाही गरेको हो ।
बुधबार धनगढीमा बसेको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले प्रदेश इन्चार्ज रावल, प्रदेश सचिव नेप बहादुर चौधरी र प्रदेश कार्यालय सचिव दिनेशचन्द्र सुवेदीलाई कारवाही गर्न केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो ।
केहि समयअघि भिम रावलले महिलाको किड्नी लगाएर ओलीको दिमाग खराब भयो भनेको फेक न्युज भाइरल भएको थियो । त्यस्को जवाफमा ओलीले पनि महिलाले पकाएको भात खानेले कसरी श्रीमतीको अनुहार हेरे होलान् भनेर जवाफ फर्काएका थिए ।