नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुहरुलाई जेल हाल्ने षड्यन्त्र प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको बताएका छन् । ओलीले आफ्ना सवै विरोधीहरुलाई जेल हाल्ने षड्यन्त्र गरिरहेको आफु निकट केन्द्रीय समितिको बैठकमा बताए ।
‘म लगायत हामी सवैलाई जेल हाल्ने षड्यन्त्र ओलीले गरिरहेका छन्’, केन्द्रीय समितिको बैठकमा प्रचण्डले भने ‘अबैधानिक बाटोबाट संबैधानिक परिषदको नियुक्ति त्यसकै उदाहरण हो ।’
नेकपाका दुवै पक्षले :आआफ्ना केन्द्रीय समितिका बैठकहरु राखेर फुटको औपचारिकतालाई पुरा गरिरहेका छन् । प्रधानमन्त्री ओलीले असंबैधानिक कदम चालेर प्रतिनिधिसभा विघटन गरेपछि नेकपा फुटेको हो ।
बहुमत केन्द्रीय सदस्य प्रचण्ड माधव समुहमा छन् । बहुमत केन्द्रीय सदस्यहरुको बैठकमा प्रचण्डले आफुहरुलाई विभिन्न बहानामा जेल हाल्न लागेको बताए । ओली तानाशाह भएको बताउँदै प्रचण्डले उनीविरुद्ध सशक्त प्रतिवाद र आन्दोलनको तयारी गर्न केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएका छन् । आजदेखि नै प्रचण्ड माधव नेकपाले विरोध कार्यक्रम गर्दैछ ।
प्रधानमन्त्री ओलीले संसद नचलेका बेला संबैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएका थिए । अध्यादेश मार्फत अख्तियार, निर्वाचन आयोगसहित ४५ पदमा पदपूर्ति गरेका थिए । प्रमुख प्रतिपक्ष दलका नेता र सभामुख अनुपस्थित बैठकबाट ओलीले ४५ पदमा पदपूर्ति गरेका हुन् ।