काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका क्रममा काठमाडौं आइपुगेका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
मिश्रीको नेपाल भ्रमण प्रधानमन्त्री वालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणको तयारीका सिलसिलामा भएको हो ।
भ्रमणका क्रममा उनले आजैदेखि उच्चस्तरीय भेटघाट सुरु गर्ने कार्यक्रम छ । यसक्रममा उनले प्रधानमन्त्री शाहसँग समेत भेटवार्ता गर्ने तालिका रहेको स्रोतले जनाएको छ ।
दुईदिने भ्रमण पूरा गरी विदेश सचिव मिश्री भोलि नयाँदिल्ली फर्किने कार्यक्रम छ ।