काठमाडौंबाट गोरखाको सोतीका लागि छुटेको यात्रु बोकेको गाडी दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।
पाँच जना यात्रुको अवस्था गम्भीर छ।
आज बिहान करिब ४ बजे ग १ ख ९४४६ नम्बरको उक्त बस गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर ३ तान्द्राङ मुरली चोकमा दुर्घटनामा परेको हो।
घाइतेलाई उपचार गर्न गोरखा जिल्ला अस्पताल र काठमाडौं पठाइएको छ। गाडि चालक प्रहरी नियन्त्रणमा छन्। के कारणले गाडि दुर्घटना भएको भन्ने खुलिसकेको छैन।
उक्त गाडिमा करिब ४० जना यात्रु सवार थिए।