एजेन्सी । बलिउड अभिनेत्री कृति सेननलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
उनी चण्डीगढमा अभिनेता राज कुमार रावसँग आफ्नो नयाँ चलचित्रको छायांकनमा थिइन् । आइतबार मात्रै उनले सामाजिक सञ्जालमार्फत छायांकन सकाएर मुम्बई फर्किरहेको जानकारी दिएकी थिइन् ।
खबरका अनुसार कृतिले सोमबार मात्रै आफ्नो कोरोना रिर्पोट पोजेटिभ आएको खबर सार्वजनिक गरेकी हुन् । यद्यपि उनको हालको स्वास्थ्य अवस्थाबारे कुनै जानकारी दिइएको छैन ।