काठमाडौँ । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध जारी गरिएको पक्राउ अनुमतिसम्बन्धी विषयमा सर्वोच्च अदालतले आगामी सोमबार विस्तृत सुनुवाइ गर्ने भएको छ ।
पक्राउ पुर्जी जारी गरिएको प्रक्रियाको विरोध गर्दै शेरबहादुर देउवासहित सम्बन्धित पक्षले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । उक्त निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश मेघराज पोखरेल को इजलासले मुद्दालाई प्राथमिकताका साथ सोमबारका लागि पेशी तोक्न आदेश दिएको हो ।
सुनुवाइका क्रममा पक्राउ अनुमति जारी गर्ने प्रक्रिया कानुनसम्मत थियो वा थिएन भन्ने विषयमा बहस हुने जनाइएको छ ।
अदालतले अनुसन्धान प्रक्रियामा देउवा परिवारले सहयोग गर्ने प्रतिबद्धता जनाएको, शेरबहादुर देउवाको स्वास्थ्य अवस्थासमेत विचार गर्नुपर्ने तथा पक्राउ अनुमति जारी गर्ने अदालतको अधिकार क्षेत्र सम्बन्धी विषयमा दुवै पक्षबीच छलफल आवश्यक रहेको उल्लेख गरेको छ ।