आफ्ना पूर्वपति हास्य कलाकार मनोज गजुरेलको बिहे हुने थाहा पाएपछि मिनाले पनि बिहे गर्ने चाहना ब्यक्त गरेकी छिन् । उनले सामाजिक सञ्जाल फेसबक मार्फत यस्तो चाहना ब्यक्त गरेकी हुन् ।
उनी फेसबुकमा लेख्छिन्, ‘मेरो घरमा राजतन्त्र ल्याउन मन लाग्यो । तर राजा हुन लायक चै कोइ देखिन ।’ उनको यो स्टाटस मनोज गजुरेलको अर्को बिहे हुने चर्चासँगै आएको छ । उनको पहिलेको बिहे सफल नभएपछि मनोज र उनकी श्रीमतिसँग अलग बस्दै आएका थिए । मनोजले बिहे गर्ने थाहा पाएपछि मिना ढकालले फेसबुकमा आफ्ना भावना ब्यक्त गरेकी हुन् । गजुरेलले २०७४ सालमा श्रीमती मीना ढकालसँग डिभोर्स गरेका थिए । केही समययता गजुरेललाई विवाहका लागि परिवार, आफन्त र साथीभाइले सल्लाह र सुझाव दिँदै आएका थिए ।
करिब ३ वर्षदेखि ‘सिंगल लाइफ’ बाँच्दै आएका उनले नयाँ जीवनसाथी भेटेका हुन् । उनले विवाह गर्ने तयारी गरेपनि विवाहको मिती र बेहुलीको बारेमा भने गोप्य नै राखेका छन् । मनोजको बिहे हुने भएपछि एक डायलग मिनाले मनोजलाई फेसबुकबाटै दिएकी छिन् । उनी स्टाटसमा लेख्छिन्, ‘खान्न खान्न लोकाचार, खान लाग्यो माना चार, के हो?’
मेरो घरमा राज्तन्त्र ल्याउन मन लाग्यो। तर राजा हुन लायक चै कोइ देखिन।।
Posted by Meenaa Dhakal on Saturday, December 5, 2020
मीना र मनोजका एक छोरा र एक छोरी छन् । डिभोर्स हुँदा छोरा बुवासँग र छोरी आमासँग बस्ने सहमति थियो । तर, अहिले छोरा र छोरी दुवै बुवासँगै बस्छन् । छोरा मिरोज २३ वर्षका र छोरी मेमोरी १५ वर्षका छन् ।
गजुरेल हालै कोरोना संक्रमणमुक्त भएका छन् । १० कात्तिकमा कोरोना पुष्टि भएपछि घरमै आइसोलेसनमा बस्दा स्वास्थ्यमा समस्या आएपछि उनी सशस्त्र प्रहरीको अस्पतालमा भर्ना भएका थिए । अक्सिजन लेभल कम भएपछि उनले १९ दिन अस्पतालको आइसीयूमा बस्नुपरेको थियो । कोरोनामुक्त भएपछि उनले अनुहारमा खुशी देखिएका केही तस्विरहरु सामाजिक सञ्जालमार्फत शेयर गरेका थिए । कोरोना संक्रमणकै क्रममा अस्पतालमा उपचार गराइरहेका गजुरेलको स्वास्थ्यलाभको कामना गर्दै पूर्वपत्नी मीना ढकालले केहीसमय अगाडी सामाजिक सञ्जाल फेसबुकमा लेखेको एक स्टाटसले निको चर्चा बटुलेको थियो ।