काठमाडौँ। राष्ट्रिय सभा अन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्दै छ । बैठक आज बिहान १० बजे सिंहदरबारस्थित समितिको सभाकक्ष बस्ने भएको हो ।
आजको बैठकमा आगामी आ.व.२०८३/०८४ को बजेट तर्जुमाका सम्बन्धमा मन्त्रालयहरूसँग छलफल हुने कार्यसूची रहेको छ ।