२०७७ साल कार्तिक शुक्लपक्ष मंसिर १३ गते शनिवार त्रयोदशी तिथि भरणी नक्षत्र चन्द्रमा मेष राशिमा ।
मेष राशी : आजको दिन तपाईको लागि त्यति राम्रो मान्न सकिदैन, वादबिवाद को समय रहेको छ बोल्दा बिचार पुर्याउनु होला ,झुटा आरोपहरु लाग्ने हुँदा कामहरु गर्दा सतर्कता अपनाउनु होला, भाग्यको थोरै मात्र साथ हुने भएकाले काममा ढिलासुस्ति हुनेछ ।
बृष राशी : आजको दिन तपाइको लागि सामान्य रहन्छ ,व्यक्तित्व को प्रभाव बढेर जानेछ , मानसम्मान प्राप्त हुने छ , स्वास्थ्यमा सामान्य समस्या देखा पर्नेछ , आर्थिक वृद्धि हुनेछ, विभिन्न सभा सम्मेलनहरुमा सहभागी हुने अवसर प्राप्त हुनेछ ।
मिथुन राशी : यस राशि भएका ब्यक्तिहरुको लागि आजको दिन सबल रहेको छ, सन्तान सुख प्राप्ति का योग रहेको छ, बौद्धिक शक्ति बढ्नेछ, दिमाग लगाएर गरेका कामहरु प्रशंसा योग्यहुने छन तर काममा केही बाधाहरु आएर ढिलासुस्ति नहोला भन्न सकिन्न ।
कर्कट राशी : आजको दिन तपाइको लागि खासै राम्रो छैन, मनमा अशान्ति हुने तथा घरपरिवारमा खटपट हुने जस्ता सम्भावनाहरु रहेका छन, आमाको स्वास्थ्यलाई लिएर समस्याहरु देखा पर्नेछन, यसैगरी रिस र क्रोध बढ्नाले साथिभाइहरुसँग वा अन्य ब्यक्तिहरुसँग झै झगडा हुने सम्भावनाहरु पनि रहेका छन ।
शिंह राशी : दाजुभाइ दिदीबहिनी को सम्बन्धमा सुमधुरता रहने छ, आर्थिक कारोबार गर्दा सर्तकता अपनाउनु होला, मुद्धामामिलाका कुराहरु छन भने त्यसले थप जटिलता थप्न सक्ने छ, त्यस्तै चोटपटक लाग्ने सम्भावनाहरु देखिन्छन् ।
कन्या राशी : आफूले बोलेको कुराको राम्रो प्रभाव पर्नेछ, सामान्य स्वास्थ्य समस्याले भने सताउन सक्ने छ त्यसैले खानपिनमा सर्तकता अपनाउनु होला । आफन्तहरुसँग को सम्बन्ध राम्रो भएर जानेछ । त्यस्तै घरपरिवारमा सामान्य तनावको अवस्था सिर्जना हुने देखिन्छ ।
तुला राशी : मान सम्मानमा वृद्धि हुनेछ, यसैगरी बैदेशिक यात्राका अवसरहरु प्राप्त गर्ने योग रहेको छ । लामो समयदेखि रोकिएका कामहरु सहजै सम्पन्न भएर जानेछन् । शत्रु बढी भएको कारणले काममा बाधा अबरोधहरु नआउलान भन्न सकिन्न।
वृश्चिक राशी : समय दुर्बल रहेको देखिन्छ । छाला सम्बन्धि रोगहरुले पनि सताउन सक्नेछ । आफ्ना बावुवाजे वा नातेदारसँगको सम्बन्धमा सामान्य खटपट होला, अरु समय सामान्य रहने छ ।
धनु राशी : आजको दिन तपाइको लागि राम्रो मान्न सकिन्न, कसैसँग ठगिने योग भएको कारणले विचार पुर्याएर आर्थिक कारोबार गर्नुहोला । विपरित राजयोग परेको हुनाले नसोचिएको आर्थिक लाभ हुने समय रहेको छ ।
मकर राशी : यो राशि भएका व्यक्तिहरुको लागि आजको दिन सामान्य रहेको छ । काममा पद्धोन्नति हुने तथा नयाँ कामहरु बन्ने सम्भावना रहेको छ , कतै फसेका धनहरु आर्जन हुने तथा नयाँ जागिर प्राप्त हुने समय रहेको छ । स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्नेछ ।
कुम्भ राशी : यस राशि भएका व्यक्ति हरुको लागि आज सामान्य नै छ । बैदेशिक यात्राको समय रहेको छ । आफन्त हरुसँग मिलेर गरेको कार्यमा सफलता प्राप्त हुने देखिएको छ। सानो दुर्घटना वा चोटपटक को सम्भावना रहेकाले होसियार हुनुहोला ।
मिन राशी : आजको दिन त्यति राम्रो मान्न सकिदैन । चोटपटक को सम्भावाना रहेको छ । स्वास्थ सम्बन्धि अन्य समस्याहरु आउन सक्नेछन, आर्थिक कारोबार गर्दा सर्तक रहनु होला, भाग्य कमजोर रहेको छ ।