२०७७ साल आश्विनकृष्णपक्ष कार्तिक २४ गते सोमवार नवमी तिथी मघा नक्षत्र चन्द्रमा कर्कट राशिमा ।
मेष राशि : व्यपारमा केहि सामान्य तनाव देखिन सक्नुका साथै नया साथी भाइ सँगको भेटले गर्दा भने मन रमाउने छ । विदेश क्षेत्रवाट लाभ हात पर्न सक्ने छ । धन लाभको समय पनि देखिन्छ ।
वृष राशि : काममा वाधा अर्डचन देखिनुका साथै लगानीको अवसर प्राप्त होला अरुलाइ विश्वास गरेर आर्थिक कारोवार नगर्दा राम्रो अन्यथा फसिन सक्ने छ । जागिरमा नयाँ अवसर प्राप्त हुन सक्छ
मिथुन राशि : तपाइको रोकिएको काम वन्नुका साथै लागानीको अवसर प्राप्त होला । घर परिवारमा रमाइलो माहोल छाउने छ । सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्नुका साथै विदेश यात्राको अवसर प्राप्त हुने देखिन्छ ।
कर्कट राशि : व्यापार वाट राम्रो लाभ होला कुनै नयाँ कामको योजना बनाइराख्नु भएको छ भने त्यसमा केही बाधा आउने देखिएको छ । बोलीमा मिठासपन छाउने छ । धर्ममा रुची वढ्ने छ । केही आर्थिक क्षति हुने समय छ ।
सिंह राशि : साझेदारीमा काम गर्ने अवसर प्राप्त होला । कतै लामो यात्रा गर्दै हुनुहुन्छ भने संम्यमता अपनाउनुहोला अन्यथा चोट पटक लाग्न सक्छ । साथी भाइसँग रमाइलो माहोल बन्नेछ ।
कन्या राशि : सामान्य स्वास्थ्य समस्या हुनुका साथै शत्रु वृद्धि हुनेछ । व्यपारमा घाटा लाग्न सक्नेछ । मनमा असन्तोस छाउने कारणले गर्दा घर परिवारमा विवाद पर्न सक्ला ।
तुला राशि : अध्ययन क्षेत्र राम्रो हुनुका साथै शिक्षाको लागि लागि अवसर प्राप्तहोला । तपाइको कामले गति लिने कारणले गर्दा मन प्रशन्न हुनेछ । जग्गा जमिनवाट लाभ प्राप्त हुने समय छ ।
वृश्चिक राशि : माताको स्वास्थ्यमा सामान्य समस्या आउन सक्ने छ । पुरानो कुरालाइ लिएर दाम्पत्य जीवनमा समस्या वा विवाद हुन सक्नेछ ।
धनु राशि : दाजु भाइ सँगको सहयोगले महत्वपूर्ण काम सहजै सम्पन्न हुनेछ । व्यापारमा लाभ प्राप्त होला । नयाँ व्यापार शुरु गर्न सक्ने समय छ । आर्थिक लाभको समय छ ।
मकर राशि : अचल सम्पत्ति किन वेच हुन सक्ने समय देखिन्छ । बोलीको कारण महत्व पूर्ण काम वन्नुका साथै प्रशंम्सा मान सम्मान प्राप्त गर्न सकिने छ । जागिर र व्यवसायमा लाभ मिल्नेछ ।
कुम्भ राशि : झुटा आरोप लाग्न सक्छ संम्यमता अपनाउनु होला । आर्थिक हानी हुन सक्ला । विश्वास गरेका व्यक्तिले धोका दिन सक्नेछन् । धन आगमन होला । पूर्णरुपमा अरुलाई विश्वास गर्दा तनाव सिर्जना हुन सक्नेछ ।
मीन राशि : विदेश यात्राको समय छ उक्त यात्राबाट सोचेभन्दा बढी लाभ प्राप्त हुने देखिन्छ । लामो समदेखि रोकिएको काम वन्नाले मन प्रशन्न हुनेछ । साहित्य क्षेत्रमा मन लाग्न सक्ने छ ।