नेपालमा वितेको २४ घन्टामा ३ हजार १ सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभर १५ हजार ४३८ जनाको नमूना परिक्षण गर्दा काठमाडौं उपत्यकामा १ हजार ७४६ सहित देशभर ३ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज काठमाडौंमा १ हजार ४९१, भक्तपुरमा १४३ र ललितपुरमा १५२ गरी उपत्यकामा तीन जिल्लामा १ हजार ७४६ जनामा कोरोना पुष्टि भएको हो ।
योसहित नेपालमा कूल कोरोना संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ । गत माघ ९ गते चीनबाट फर्किएका एक व्यक्तिमा पहिलो पटक नेपालमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।
आज निको हुनेको संख्या अघिल्ला दिनहरुमा भन्दा केही कम छ । मन्त्रालयका अनुसार १ हजार ८ सय जना कोरोनामुक्त भएर घर फर्केका छन् । अहिलेसम्म कोरोना मुक्त हुनेको संख्या ८९ हजार ८४० पुगेको छ ।
वितेको २४ घन्टामा १२ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् । यीसहित अहिलेसम्म ज्यान गुमाउनेको संख्या ७२७ पुगेको छ ।
अहिले सक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ रहेको छ । जसमध्ये संस्थागत आइसोलेशनमा १३ हजार २९९ जना छन् भने २५ हजार ४३८ जना होम आइसोलेशनमा बसेका छन् ।
क्वारेन्टिनमा रहनेको संख्या ४ हजार ७१५ रहेको छ । अहिलेसम्म १२ लाख ६९ हजार ६०५ जनाको कोरोना परिक्षण भैसकेको मन्त्रालयले जनाएको छ ।