काठमाडौं। राष्ट्रियसभाको आजको बैठकमा सांसदले इन्धनको असहजता र बढ्दो महँगीका विषयमा ध्यानाकर्षण गराएका छन्।
बैठकको शून्य समयमा बोल्दै सदस्यहरूले पुँजी बजारमा लगातार गिरावट आएको, सवारी दुर्घटना, पश्चिम एसियमा रहेका नेपाली कामदार, बढ्दो महँगी, बढ्दो साइबर अपराध, इन्धनको मूल्य वृद्धिका लागि मुद्रास्फिति बढेको, सरकारी कार्यालय र शिक्षण संस्थामा दुई दिन कार्यालय बिदा दिइनुले पार्ने प्रभावबारे धारणा राखे। उनीहरूले बजारको मूल्यवृद्धिको प्रभावकारी नियन्त्रण गर्न सरकारलाई आग्रह गरे।
सो समयमा कृष्णबहादुर रोकाया, घनश्याम रिजाल, पदमबहादुर परियार, मनरुपा शर्मा, रुक्मिणी कोइराला, रेणु चन्द, विष्णुकुमारी सापकोटा, विष्णुबहादुर विश्वकर्मा, श्रीकृष्णप्रसाद अधिकारी, सावित्री पन्तले धारणा राखेका थिए।