२०७७ साल अधिक आश्विन शुक्लपक्ष असोज १४ गते बुधवार चतुर्दशी तिथि पूर्वभाद्रपदा नक्षत्र चन्द्रमा कुम्भ राशिमा
मेष राशि : स्वास्थ्यमा क्रमिक सुधार भएर जानेछ भने काममा आएको वाधा हट्ने छ । तपाइले गर्न आटेको काममा गोपनीयता नहुदा भने शत्रु वढेर जानेछन् । आर्थिक हनिलाइ रोक्नुहोला ।
वृष राशि : पति वा पत्नीसँगको सम्वन्ध सुमधुर भएर जानुका सातै कतै रामाइलो गर्न सक्ने सम्भावना छ । काममा सफलता हात पर्ने छ तथा विदेश क्षेत्रवाट राम्रो लाभ लिन सक्नुहुनेछ ।
मिथुन राशि : स्वास्थ्यमा समस्या देखिनेछ । तथा शत्रु परास्तभएर जानेछन् । धनआगमनको समय छ काममा गरेको लागानि वृद्धिभएर जाने छ भने धन वृद्धिको योग छ ।
कर्कट राशि : आर्थिक लाभको समय छ नयाकामको अवसर प्राप्तहुन सक्नेछ । काममा आएको बाधा हटेर जानेकारणले गर्दा नँया कामको अवसर प्राप्तहुन सक्नेछ ।
सिंह राशि : आमाको स्वास्थ्यमा समस्या देखापर्न सक्नेछ भने यात्रा गर्दा विचार गर्नुहोला । पुरानो कुराले मनमा डेरा जमाउने कारणले गर्दा मनमा भने अशान्ति छाउन सक्छ ।
कन्या राशि : सामान्य मेनतमा पनि ठुलो लागिनी वा अवसर प्राप्त हुन सक्छ । रोकिएको धन आउनुका साथै काममा पदोन्नतीको सम्भावनाछ भने काममा प्रसम्साको पात्र वन्नुहुनेछ ।
तुला राशि : स्वास्थ्यमा सामान्य समस्या देखापर्न सक्नेछ भने वोल्दा विचार गर्नु होला अन्यथा काम विग्रीने सम्भावना छ । अचल सम्पति कुन्ने वा वेच्न सक्ने सम्भावना देखिन्छ ।
वृश्चिक राशि :सरकारी क्षेत्रवाट लाभ वा सरकारी काममा पदोन्नतीको योग छ । मान सम्मानमा वृद्धिभएर जानेछ तथा वैदेशिक क्षेत्रवाट लाभ प्राप्त हुन सक्नेछ ।
धनु राशि : स्वास्थ्यमा समस्याको साथै नगरेको गल्तीमा फस्न सकिन्छ । अरुको विस्वास गर्नु पूर्व धेरै सोच विचार गरेर गर्नु होला अन्यथा तपाइलाइ फसाउन सक्ने सम्भावना छ ।
मकर राशि : दाजुभाइ सँगको सम्वन्धमा सुमधुरता भएर जानेछ भने सहयोग प्राप्त हुन सक्नेछ । वैदेशीक काममा भने प्रगती भएर जानेछ तथा नँया काममा अवसर प्राप्त गर्नु सक्नुहुनेछ ।
कुम्भ राशि : नयाँ काम पउनुका साथै काममा लगानी गर्ने अवसर प्राप्तहुन सक्नेछ । काममा पदोन्नतीको सम्भावना छ । रोकिएको काम बन्नेछ ।
मीन राशि :दाम्पत्यजीवनमा मधुरता छाउनुका साथै प्रेमी वा प्रमीका विच आएको वाधा हटेर जानेछ । तथा आर्थिक लाभका समय छ । चौपायको सुख पाउन सकिन्छ ।